‘निर्माण प्रक्रियामा कसरी जाने ?’ घर बनाउँदा मानिसको पहिलो चिन्ता यही हुन्छ । निर्माण प्रक्रियामा हुने स–साना त्रुटिले गर्दा तनावको स्थिति उत्पन्न हुन सक्छ । घर निर्माणको सुरुवातदेखिका चरणबारे विस्तृत जानकारी दिई तपाईंलाई डर र तनावबाट मुक्त गराउने प्रयास यहाँ गरिएको छ । घर बनाउँदा जग तयार गर्नेदेखि आन्तरिक डिजाइनसम्मका चरणबारे बताउन गइरहेका छौँ। घर निर्माण प्रक्रियामा यस्ता चरण समावेश भएका हुन्छन् ।

पहिलो चरणः माटोको विश्लेषण
पहिलो कुरा तपाईंले निर्माण प्रक्रिया सुरु गर्नुअघि माटोको परीक्षण गरी त्यसको किसिम र स्थिरता निर्धारण गर्नुपर्छ । यदि माटो धेरै खुकुलो छ भने त्यस ठाउँमा गहिरो उत्खनन गरी पुनः भर्नुपर्छ । यदि माटो अत्यधिक साह्रो छ भने जग तयार गर्नुअघि त्यसलाई मेसिनको सहायताले फुटाएर नरम बनाउनुपर्छ । 

दोस्रो चरणः नक्सा डिजाइन
घर निर्माणका सम्पूर्ण चरण अनुशरण गर्न तपाईंले आर्किटेक्ट वा इन्जिनियर राख्नुपर्छ । उनीहरूले तपाईंको घरको संरचना कस्तो रहने भन्ने सम्पूर्ण योजना सहितको नक्सा डिजाइन गरी प्रस्ताव पेश गर्नेछन् । घर निर्माणमा केही अवरोध देखापर्न सक्छन् । आवश्यकता र अपेक्षाबारे पहिले नै डिजाइनरसँग सल्लाह गर्नुहोस् । ताकि नक्सा योजनामा समायोजन गर्न सकियोस् । यसले गर्दा तपाईंलाई आवश्यक पर्ने कोठाको संख्या र त्यसको संरचना समावेश हुन सक्छ । निर्माण प्रारम्भ हुनुपूर्व तपाईंको योजना स्विकृत भएको कुरा निश्चित गर्नुहोस् ।

तेस्रो चरणः उपयोगिताको आग्रह
घर निर्माण गर्दा बिजुली, पानी, ढल आदि अत्यावश्यक उपभोग्य संरचनाबारे बुझेर त्यसबारे छलफल गर्नुहोस् । परिस्थितिअनुसार अभाव सिर्जना हुन नदिन अतिरिक्त पानी सञ्चित गर्ने ट्यांक निर्माण गर्ने, बिजुली ब्याकअपका लाइन जडान गर्ने जस्ता कुरामा नक्सा तयार पार्दा नै ध्यान दिनुपर्छ । 

चौथो चरणः जगको निर्माण
घरको जग बसालेपछि बल्ल घर निर्माणका व्यावहारिक चरण वास्तविक रूपमा सुरु हुन्छन् । प्लट उत्खनन गरी त्यसमा कंक्रिट हालेपछि थप निर्माण प्रक्रिया सुचारु गर्न, त्यसलाई सुक्न समय लाग्छ । त्यसपछि अनुमोदित योजना अनुरूप भित्ताको संरचनाको निर्माण कार्य अगाडि बढाउन सकिन्छ ।

पाँचाैं चरणः गारोको प्लास्टर र ढलान
घरको गारो र ढलान भइसकेपछि वायरिङ र प्लमबिङको काम गर्नुपर्छ । त्यसपछि आवरणको फिनिसिङको काम गर्नुपर्छ । गारोमा प्लास्टर गर्नेदेखि टायल, मार्बल राख्ने आदि काम गर्नुपर्छ । 

छैटाैं चरणः भित्री संरचना निर्माण
बाहिरी संरचना तयार भइसकेपछि घरको भित्री भागको संरचना निर्माणको कार्य चरणबद्ध ढंगले अघि बढाउनुपर्छ । भित्तामा प्रारम्भिक रंगरोगन गर्नेदेखि भुइँमा टायल, मार्बल राख्ने वा पार्केटिङ गर्नेलगायत थुप्रै काम यस चरणमा पर्छन् । प्लम्बिङको अन्तिम काम, बत्ती जडान र त्यसको सजावट, झ्याल–ढोका निर्माण र जडान आदि सम्पूर्ण काम भएपछि घरको अन्तिम चरणको काम सम्पन्न भएको बुझ्नुपर्छ ।

सातौँ चरणः घरलाई अन्तिम रुप दिनु
झट्ट हेर्दा घर अझै निर्माणकै क्रममा भएजस्तो देखिँदा अरुचिकर र अप्रिय लाग्न सक्छ । घरलाई अझ जीवन्त बनाउने काम अब सुरु हुन्छ । निर्माणको जिम्मा लिएका ठेकेदारहरूले काम सम्पन्न भएपछि अन्तिम निरीक्षण गरेर मात्र तपाईंलाई घर हस्तान्तरण गर्छन् ।

आठौँ चरणः सजावटको काम
निर्माणका सम्पूर्ण पाटा समाप्त भएपछि आफ्नो छनौटको रङले घरका भित्ता सिँगार्न सकिन्छ । विभिन्न रङ प्रयोग गरी इच्छा अनुसारको बुट्टा भर्न र सजावट गर्न सकिन्छ । 

यसरी यी चरणबारे बुझेर निश्चय नै घर निर्माण सम्पन्न भई अन्तिम स्वरूपमा आउँदासम्म तपाईं सचेत भई आइपर्ने चुनौतीको सामना गर्न समर्थ हुनु हुनेछ ।